मेरो विस्तृत जीवनी
दृष्टिवान, पराक्रमी, र समावेशी, सोम मिश्र।

सोम मिश्रको जीवन एक आशा को प्रतिबिम्ब हो, जसमा उनको उत्साह, धैर्य, र सरलता छ। उनको बाल्यकाल अर्थिक कठिनाइ गरिबी र पितृत्वको अभावमा निम्न मध्यम वर्गीय परिवारमा बितेको थियो। उनकी माता, मुक्ता देवी मिश्रको कठोर परिश्रम स्थानीय समाजसेवी हरूको सहयोग तथा विद्यालयका शिक्षकहरूको विशेष सहयोग बाट उनको शिक्षा अघि बढेको देखिन्छ ।
समाजमा देखिएको आर्थिक तथा अन्य अवसरहरूको गहिरो विभेद वा विषमता लाई देखेर उनी कम्युनिस्ट आन्दोलनप्रति समाजिक न्याय तथा समतामूलक समाज निर्माण को उद्देश्यलेआकर्षित भएको देखिन्छ । यही उद्देश्य प्राप्तिको हिसाबले कम्युनिस्ट पार्टीमा संगठित भएर लाग्दा तत्कालीन शासकले व्यवस्था विरोधी आरोप लगाई झुटा मुद्दामा अनाहकमा एक वर्षसम्म जेल जीवन बिताएका थिए। सुरुमा उनी स्वत स्फुर्त रुपमा समाजमा देखिएका विकृति रूढीवादी परम्परा र आर्थिक समानतालाई अन्त्य गर्न अभियानमा लागेका थिए। र पछि मात्र तत्कालीन नेकपा मालेको सम्पर्कमा आए र संगठित रुपमा गतिविधिहरुमा संलग्न भए

राजनीतिक गतिविधिहरू सँगसँगै सोमको प्रभाव शिक्षामा पनि पर्याप्त थियो, जसमा उनले विद्यालयहरू स्थापना गर्न तिनको व्यवस्थापन गर्न साथै शिक्षण पेशालाई पनि महत्वका साथ बढाए । यी सबै कामहरू गरिरहँदा उनले आफ्नो व्यक्तिगत पारिवारिक आर्थिक हितलाई ध्यान दिएनन् र सामाजिक शैक्षिक क्रियाकलापलाई नै आफ्नो अभिष्ट ठाने । 

उनको जीवनकथा धैर्य , सरल, ईमानदारी, र न्यायकोप्रति समर्पणको एक उज्वल उदाहरण हो। एउटा दुर्गम हिमाली जिल्लामाको निम्न मध्यम पारिवारिक पृष्ठभूमिमा जन्मिएर नेकपा एमाले जस्तो विशाल पार्टीको केन्द्रीय सदस्य हुनु र नगरपालिका प्रमुख लगायतका विभिन्न सार्वजनिक पदहरूमा निर्वाचित हुनुले उनको शालिनता वैचारिक दृढता र लोकप्रियतालाई पुष्टि गर्ने दृष्टान्तहरू हुन् । उनको जीवनशैलीलाई पूर्वाग्रह रहित हिसाबले नजिकबाट नियाल्नेहरू नै यसका साक्षी हरू हुन ।

थप जानकारीको लागि
थप जान्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) केन्द्रीय समिति सदस्यको भूमिका निम्नलिखित हुनेछ

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (नेकपा एमाले ) का केन्द्रीय कमिटीका सदस्यहरूले नीति र नेतृत्व निर्माणमा पार्टी संगठनको विस्तारमा र वैचारिक हिसाबले स्पष्टता कायम गर्न महत्त्वपूर्ण महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरूलाई तोकिएको विशिष्ट जिम्मेवारीको क्षेत्रमा नीति निर्माणमा संलग्न हुन्छन्, पार्टीलाई प्रतिनिधित्व गर्छन्, अनुशासन राख्छन्, नेतृत्व प्रदान गर्छन्, संगठन विस्तार र क्षमता बढाउँछन्, निर्वाचन प्रचारमा सहयोग गर्छन्, समुदायहरूसँग एकाकार हुन्छन् । समसामयिक मुद्दाहरू र जनसरोकारका विषयहरू लाई सूत्रबद्ध गर्ने सम्बन्धित स्थानमा उठाउने र तिनका समाधानका निम्ति आवश्यक पहल संघर्षको हलकदमी लिने , अन्तरपार्टी संचार गर्छन्, लेखापालन र पारदर्शिता सुनिश्चित गर्छन्। समग्रमा तोकिएको कार्यक्षेत्रमा राजनीतिक वैचारिक र संगठनात्मक हिसाबले समग्र पार्टीको नेतृत्व गर्नु र र केन्द्रीय कमिटीलाई पृष्ठपोषण गर्नु केन्द्रीय कमिटी सदस्यको दायित्व रहन्छ

जिल्ला प्रभारीको जिम्मेवारीहरू

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (नेकपा एमाले)का जिल्ला इन्चार्जले पार्टीको जिल्ला कमिटी र केन्द्रीय कमिटीको बीचमा सम्पर्क सूत्रको ,पुलको काम गर्छन्। जिल्ला-स्तरका कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेल्न्छन्। उनीहरूको कार्यमा संगठनात्मक नेतृत्व प्रदान गर्नु, पार्टीको प्रतिनिधित्व गर्नु, कार्यक्रमहरू योजना र समन्वय गर्नु, सदस्यता विस्तार गर्नु, निर्वाचन प्रचारको योजना बनाउनु, समुदायसँग संलग्न हुनु, संचार सुविधा प्रदान गर्नु, जिल्ला वा स्थानीय तहमा देखिएका विवादहरू हल गर्नु, रणनीतिक योजना योजना बनाउनु र तिनको कार्यान्वयनमा जोड दिनु , र लेखा प्रणालीलाई व्यवस्थित गर्न र आर्थिक कारोबारलाई पारदर्शी बनाउन जोड दिनु। जिल्लाभित्रका नेता कार्यकर्ताहरूको वैचारिक क्षमता संगठनात्मक क्षमता विकास गर्दै पार्टीको रणनीतिक तथा कार्यनीतिक लक्ष्य हरूसँग तालमेल मिलाउँदै राजनीतिक दिशा निर्देश गर्न मद्दत गर्नु र कार्यशैलीमा सुधार गर्नु जस्ता महत्त्वपूर्ण विषयहरु हुन्छन्। जिल्लाभित्रका नेता कार्यकर्ताहरूको इतिहास योगदान सक्षमता क्रियाशीलता जस्ता कुराका आधारमा उपयुक्त मूल्याङ्कन र जिम्मेवारी प्रदान गर्न सहजीकरण गर्नु पनि जिल्ला इन्चार्जको भूमिका महत्वपूर्ण हुन्छ।

कुरा गरौं।

हाम्रो सामान्य विषयहरूमा भेट गर्न र छलफल गर्नका लागि तपाईंले प्रदान गरिएको ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी सामाजिक संजालमा जडान हुन सक्छौं वा तत्काल सहायता गर्नका लागि कल गर्न सक्छौं।

ईमेल
mishrasomp@gmail.com
फोन नम्बर
+977 9851001744
ठेगाना
Tathali